एसीडपीडित युवतीहरु भन्छन्– मुख जलायौ, सपना जलाएका छैनौ (भिडियो)

काठमाडौं– प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले सोमबार फरक विषयमा छलफल चलायो ।

एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग समितिले छलफल गरेको छ । कार्यक्रममा उपस्थित भएका एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले आफ्नो बिर्सनलायक घटनाहरु सुनाए । तीमध्येकी एक मुस्कानले आत्मविश्वासका साथ भनिन्– अपराधीले मुख जलायो, सपना जलाएको छैन ।

पीडितहरुले कमजोर दण्ड सजायका कारण पनि बारम्बार एसिड आक्रमणको घटना भएको भन्दै अपराधीलाई जन्मकैदसम्मको सजाय गर्ने कानूनको माग गरेकी छन् ।

समितिले एसिड आक्रमणमा परेकाहरुको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको सभापति निरु पालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.