जब प्रधानमन्त्री निजी निवास बालकोट पुग्नुभयो…. (फोटो फिचर)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सोमबार निजी निवास बालकोट, भक्तपुर जानुभएको छ ।

बिहान साढे ११ बजे पत्नी राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री झण्डै एक घण्टा निवासमा बस्नुभएको थियो । उहाँले दुई वटा निवासका वरिपरि, तलमाथि निरीक्षण गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा पूर्वमन्त्री गोकुल बास्कोटा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बालकोट निवास पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले जिल्लाको शान्ति सुरक्षालगायतका विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेसँग बुझ्नुभएको थयो ।

यसअघि प्रधानमन्त्री सरस्वती पूजाका दिन बालकोट निवास जानुभएको थियो ।

चाडवाड र पर्वहरु पारेर उहाँ पहिलोपटक प्रधानमन्त्री भएकाबेला पनि बीचबीचमा निवास पुग्ने गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.