कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, २४ घण्टामा ४ सय १८ जना कोरोना भाइरस संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

नियमित प्रेस ब्रिफिङमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्र ४३ जना, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा रौतहट र कैलाली यथावत् रहेका छन् भने भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ कोरोनाशून्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.