मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन

काठमाडौं- ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन ।

मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो । विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो ।

यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्ष्य देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे कुनै जानकारी भइनसकेको गुठी संस्थान शाखा कार्यालयका प्रमुख राजन भुजुले बताउनुभयो ।

“हामीले यही साउन १० गते मच्छिन्द्रनाथलाई रथमा बिराजमान गरायौँ”, उहाँले भन्नुभयो, “उहाँलाई रथमा राखेको चार दिनमा पुल्चोकबाट गाःबहाल तानेर लानुपर्ने चलन भएता पनि कोभिड–१९ फैलिने डरले आजसम्म तानेका छैनौँ ।” अब यसै दिन मच्छिन्द्रनाथको रथ तानीन्छ भनेर निश्चित भइनसकेको भुजुले जानकारी गराउनुभयो ।

लोकेश्वरको रथ पुल्चोकबाट तानेर पहिलो पटक गाःबहाल, गाःबहालबाट तानेर मङ्गल बजार, मङ्गल बजारबाट तानेर सुन्धारा, सुन्धाराबाट तानेर लगनखेल, लगनखेलबाट रथ तानेर जावलाखेल लाने चलन रहेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.