आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी- समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ ।

यही साउन २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो ।

सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि अहिले बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.