केही व्यक्ति र संस्थामा गैरजिम्मेवारपना देखियोः प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्ति र संस्थामा गैरजिम्मेवारपना देखिएको बताउनुभएको छ ।

कोरोना नियन्त्रण, रोकथाम र उपचारबारे नयाँ रणनीति बनाउन पूर्वप्रधानमन्त्री र विज्ञसहितको भेलामा प्रधानमन्त्री ओलीले कोरोना संकटलाई विरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘केही मानिसहरु, केही संस्थाहरुमा गैरजिम्मेवारपना देखिन्छ, यथार्थमा भन्दा अन्त खोज्नुपर्दैन, मेरै पार्टीमा पनि त्यही छ । २५ भन्दा बढी भेला हुन नदिने भनिएको छ, ४ सय ५० जनाको केन्द्रीय कमिटीको माग भएको छ, कहाँ बस्ने भन्ने छैन,’ उहाँको भनाइ थियो, ‘स्थायी कमिटी अहिले बस्नुपर्‍यो भरे बस्नुपर्‍यो भन्नुहुन्छ । यो देशप्रति र जनताप्रति गम्भीर लापरबाही हो ।’

प्रधानमन्त्री ओलीले सरकारले गरेका जुनसुकै निर्णयलाई केवल विरोध गर्ने माध्यममात्रै बनाइएको उल्लेख गर्नुभयो । ‘क्वारेन्टाइमा राख्ने किन राखेको भन्ने, राखेन भने किन नराखेको भन्ने । सीमामा रोक्यो किन रोकेको भन्ने, रोकेन भने किन नरोकेको भन्ने । लकडाउन गर्‍यो किन गरेको भन्ने, लकडाउन खुला गर्‍यो किन खोलेको भनेर मान्छे भड्काउने गरिएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘जनताको जीवनभन्दा ठूलो कुरा केही छैन ।’

सीमाबाट भित्रिरहे अवस्थामा सुधार आउन नसक्ने भन्दै प्रधानमन्त्रीले अबका दिनमा त्यसलाई व्यवस्थापन गर्न उपयुक्त निर्णय लिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.