दुई लाख घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग रु दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिकरुपमा घुस लिने गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले रानालाई बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट पक्राउ गरेको हो । आरोपी रानाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.