लेबनानको बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

काठमाडौं- लेबनानको राजधानी बेरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

गोदाममा गत ६ वर्षदेखि भण्डारण गरिएका विस्फोटक पदार्थ विस्फोट भएपछि उक्त घटना भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

बेरुतस्थित समुद्री तटीय क्षेत्रमा रहेको सो गोदाममा विस्फोट भएपछि धुँवाको ठूलो मुस्लो उडेको र वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । धेरै मानिसहरू घाइते भएकाले अस्पतालहरु भरिभराउ भएका छन् ।

उक्त घटनापछि लेबननी राष्ट्रपति मिसेल आउनले ट्वीटरमा सन्देश राख्दै सो गोदाममा २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट रसायन पदार्थ असुरक्षित रूपमा राखिएको र त्यस्तो कार्य अस्वीकार्य भएको बताउनुभएको छ ।

राष्ट्रपति आउनले तीन दिने राष्ट्रिय शोक पनि घोषणा गर्नुभएको छ । विस्फोट के कारणले भयो भनेर अनुसन्धान भइरहेको र दोषीहरुलाई हदैसम्मको कारवाही गरिने लेबननी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.