नहर पहिरोले बगाएपछि किसान समस्यामा

धादिङ – अविरल वर्षाका कारण खेतमा सिँचाई गर्नका लागि पानी ल्याउने नहर भत्किएपछि धादिङ स्थित परेवाटारका किसानहरु समस्यामा परेका छन् ।
श्रावण पाँच गते परेको अविरल वर्षाका कारण धादिङको शिद्धलेक गाउँपालिकास्थित दुई वटा वडामा रहेको खेतीयोग्य जमिनमा सिँचाई गर्ने नहर भत्काएको हो ।

जिल्लाकै सबै भन्दा लामो १९ किलो मिटर लम्वाईको थोपल खोला-परेवाटार सिंचाई आयोजनाको १५ किलो मिटर नहरमा पहिरोले क्षति पुर्‍याएको थियो ।

कुलो भत्किएका कारण २ सय ५२ हेक्टर जमिनमा गरिएको धान खेती प्रभावित भएको छ ।

कुलो भत्किएपछि यस क्षेत्रका खरमटार, नेपालटार, परेवाटार र फिस्फिसेटार लगायत समिटारको धान तथा तरकारी खेतीलाई असर पुर्‍याएको हो ।

किसानहरु आफै स्थानीय तहको सहयोगमा कुलो निर्माणमा पनि जुटेका छन् ।

शिद्धलेक गाउँपालिकाले कुलोमा पानी चलाउन आर्थिक सहयोग गर्ने भनेको छ ।

वर्षासंगै आएको पहिरोले भत्काईएको १५ किलो मिटर नहर क्षेत्रमा करिव पाँच करोड बरावरको क्षति भएको प्राविधिक मुल्याङ्कनमा देखिएको थोपल खोला परेवाटार सिंचाई आयोजनाका अध्यक्ष केशव थपलियाले जानकारी दिनुभयो ।

कुलो निर्माणका लागि ठूलो रकम लाग्ने भएकाले स्थानीय र प्रदेश सरकारसँग सहयोग गर्न किसानहरुले आग्रह गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.