कोभिड-१९ नियन्त्रणमा सहकार्य गर्दै नेपाल टेलिभिजन

एनटीभी र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता

काठमाडौं- नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट दैनिक प्रसारण भैरहेको “कोभिड हटलाइन”  र सूचनामूलक बिशेष कार्यक्रम निर्माण तथा प्रसारणमा सहकार्यका लागि नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा आयोजित समारोहमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्ट र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अवधी करिब एक बर्ष रहने छ। दुबै संस्थाहरुको सहकार्यमा निर्माण तथा प्रसारण हुने कोभिड हटलाइन कार्यक्रममा कोभिड- १९ सम्बन्धी दर्शकका प्रश्न र सम्बन्धित निकायबाट प्राप्त जवाफ तत्काल उपलब्ध गराइनेछ ।

यसैगरी कार्यक्रमहरुको अघि-पछि जनचेतनामूलक सन्देशहरु प्रसारण गरिनेछन । सम्झौतापछि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर बिष्टले दुवै संस्थाहरु बीचको सहकार्य कोभिड- १९ महामारी नियन्त्रणमा फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

प्राधिकरणका अध्यक्ष खनालले जनचेतना बिकासमा नेपाल टेलिभिजनले पुर्‍याउँदै आएको योगदानको सराह्नना गर्दै दुई सँस्थाबीचको सहकार्य उपयोगी रहँदै आएको उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.