गर्मी ह्वात्तै बढ्यो

काठमाडौं-  पानी पर्न कम भएसँगै देशभर गर्मी बढेको छ । काठमाण्डौमा यो बर्षकै सवैभन्दा बढी ३३ दशमलव ४ डिग्रि सेल्सियस तापक्रम रेकर्ड भएको छ ।

त्यसैगरी सवैभन्दा बढी विराटनगरको तापक्रम ३८ दशमलव ५ डिग्रि सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रि माथि तापक्रम पुगेको छ ।

यसैबीच आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत महाशाखाको पूर्वानुमान छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.