काठमाडौंमा आज वर्षकै उच्च गर्मी

काठमाडौं– केही दिनदेखिको निरन्तर वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ ।

काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । त्यसैगरी सवैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रL माथि तापक्रम पुगेको छ ।

यसैबीच आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.