होम क्वारेन्टाइनमा रहेका तीन जनाको मृत्यु

सप्तरी- सप्तरीमा होम क्वारेन्टाइनमा बस्दै आएका एक ४५ वर्षीय पुरुषसहित तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९)सँग मिल्दोजुल्दो लक्षण देखिएका रुपनी गाउँपालिका वडा नं. ५ का पुरुष पुरुषको मृत्यु भएको हो ।

यसैगरी राजगढ गाउँपालिकाका ७१ वर्षीय र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको मृत्यु भएको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रुपनी गाउँपालिकाका ती पुरुष डेढ महिनाअघि मलेसियावाट फर्किएर होम क्वारेटाइनमा बस्दै आएका थिए । उनमा ज्वरो र दमको समस्या देखिएपछि गत मंगलवार राजविराजस्थित गजेन्द्रनारायण अस्पताल लगिएको थियो । सो अस्पतालमा उनको उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिनुभएको छ ।

यसैगरी, ज्वरो र श्वासप्रश्वासकै समस्या भएर गत साउन १५ गते राजविरास्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राजगढ गाउँपालिकाका–७१ वर्षीय र डाकनेश्वरी नगरपालिका–९ का ८० वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको छ । तीनै जनाको स्वाब संकलन गरी शव व्यवस्थापन कार्य थालिएको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.