प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज

१८ कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सूर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गर्नुभएको थियो ।

आज डिस्चार्ज हुनेमा मोरंगका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.