२४ घण्टामा थपिए ३ सय ८१ जना संक्रमित

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६०

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् ।

नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा ६ हजार ३ सय ५९ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँग मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३० जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७५ रहेको छ ।

उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.