कोरोना संक्रमण दरमा विश्वलाई उछिन्दै भारत

भारतमा एकै दिनमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित

नयाँदिल्ली– विश्वमा वितेको २४ घन्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिनमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै उच्च हो । विश्वका कोरोनाबाट बढी प्रभावित मुलुक अमेरिका र ब्राजिलमा पनि पछिल्लो २४ घन्टामा ५४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

दैनिक मृत्युदर भने पछिल्लो २४ घन्टामा सबैभन्दा ब्राजिलमा रहेको छ । ब्राजिलमा एकै दिनमा १३ सय २२ जनाको मृत्यु भएको हो । यसै गरी अमेरिकामा एकै दिनमा झण्डै १३ सय जनाको मृत्यु भयो भने भारतमा ९ सय जनाभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगेको छ । यसै गरी अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६१ हजार नाघेको छ भने ब्राजिलमा पनि ९७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा पछिल्लो २४ घन्टामा मात्रै कोरोना संक्रमणका कारण ६ हजार ६ सयको हाराहारीमा मानिसहरुको मृत्यु भएको छ ।

विश्वमा हालसम्म ७ लाख १० हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ भने कुल संक्रमित हुनेको संख्या १ करोड ८९ लाख ५६ हजार नाघेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.