पोखराको लभ्ली डाँडाको जग्गा विवादमा

कास्की- पोखरा महानगरपालिका वडा १८ लभ्लीडाँडामा रहेको करिब २ सय रोपनी जग्गाको स्वामित्वको विषयमा बिवाद भएको छ ।

सरकारी पक्ष र व्यक्ति बिचको विवादले संरचना निर्माण कार्य रोकिएको छ । सार्वजनिक जग्गामा धमाधम संरचना बनेपछि पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा र प्रहरीको टोलीले कामदारलाई फिर्दा गरिदिएका छन ।

सार्वजनिक जग्गामा छाप्रा, तारबार लगायतका संरचनाहरु धमाधम बन्न थालेपछि स्थानीय तहले चासो देखाएको हो ।

अब महानगरपालिकाले निर्देशन दिए संरचना डोजर लगाएर भत्काइने सम्बन्धित वडा कार्यलयको तयारी छ ।

जग्गामा पोखराका आनन्द कोइराला, सन्जीव कोइराला, पुष्पेन्द्रबहादुर कोइराला लगायतले धमाधम संरचना निर्माण गर्न थालेको खुलेको छ । अझ नयाँ नापी सुरु हुने थाहा पाएपछि उनीहरुले ९ वटा भन्दा बढी संरचना निर्माण गरेका छन् ।

पहिले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्ने उजुरी परेको थियो । अहिले पनि जग्गाको सम्पूर्ण कागजात वडा कार्यालयमा रहेको छ । तर स्थानिय बलबहादुर कोइरालाको नाममा १९९० सालमा जग्गा दर्ता भएको पुष्पेन्द्र बहादुर कोइरालाको दावी छ ।

२०२४ सालमा सर्वोच्च अदालतले आफुहरुको पक्षमा फैसला गरेको उनले बताए । उनले ३२ सालसम्म तिरो तिर्दै आएको पनि दावी गरे । सरकारले २०७५ सालमा जग्गाको आफ्नो नाममा लालपुर्जा बनाए पछि कोइराला परिवार अदालत गएको थियो । यो मुद्दा अदालतमा विचाराधीन छ ।

पोखरा महानगरपालिका वडा १८ मा मात्रै करिब ७ सय रोपनी सरकारी जग्गा रहेको छ । अरु सरकारी जग्गामा पनि व्यक्तिहरुले अतिक्रमण गरिरहेको वडाध्यक्ष रणबहादुर थापाको भनाइ छ । लभ्ली डाँडा पोखराको आकर्षणको केन्द्र हो । यहाँबाट पोखरा बजारका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.