कोरोना संक्रमण पुष्टी भएकी युवतीको शव चार दिनदेखि अलपत्र अवस्थामा

पर्सा- नेशनल मेडिकल कलेज , विरगंजमा गएको आईतवार मृत्यु भएकी पोखरीया नगरपालिका जगतपुर वडा नं. ८ की १८ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टी भएपछि कुनै पनि निकाय ले शव उठाउन मानेका छैनन् ।

नेशनल मेडिकल कलेजमा युवतीको शव उठाउनको लागि मेडिकल का एम.डी बसरुद्दिन अन्सारीले पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई आग्रह गर्दा पनि अहिलेसम्म कसैले उक्त शव उठाउन नमानेकोले गर्दा जगतपुर का स्थानीयहरुले विरोध गरेका छन् ।

मृतकका आफन्त नेशनल मेडिकल कलेजमा शव लिन धाईरहे पनि अस्पताल प्रशासनले  शव व्यवस्थापनमा चासो नदिएपछि आफन्तहरु आक्रोशित छन् ।

चार दिनदेखी अलपत्र परेको शव नेशनल मेडिकल कलेजमा रहँदा त्यहाँका अन्य उपचारको लागि आएका विरामी र चिकित्सकहरुमा सन्त्राश बढ्दै गईरहेको छ ।

आज पनि मृतकको आफन्तहरु आएर शवलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.