पर्सामा आज थप ४३ जना संक्रमित भेटिए

पर्सा- पर्सा जिल्लामा आज थप ४३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिर्पोटमा ६ जना महिला र ३७ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

साउनको ११ गते देखि २० गते सम्म संकलन गरिएको स्वाबको नमूनालाई परीक्षण गर्दा ७ वर्ष देखि ७३ वर्ष उम्मेर समुहका पर्सा जिल्लाका ४० जना, बाराका एक र रौतहटका एक जनामा संक्रमण पुष्टी भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले संक्रमितमध्ये वीरगन्ज आर्मी ब्यारेक चन्डिप्रसाद गणका ५ जना र वीरगन्ज कारागारका ६ जना पुरुषमा समेत संक्रमण पुष्टी भएको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.