राष्ट्रिय सभाका चार वटै समितिमा सभापतिको निरन्तरता

काठमाडौं– राष्ट्रिय सभाका चार वटै विषयगत समितिका सभापतिले निरन्तरता पाउनु हुनेभएको छ । निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयमा चार वटै समितिमा एक–एकजनाको मात्रै उम्मेदवारी परेको छ ।

विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल थापा ‘पार्वती’को एकल उम्मेदवारी दर्ता भएको छ । चारैजना सभापति गएको दुई वर्षअगाडि निर्वाचित हुनुभएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार बिहीबार दर्ता भएको उम्मेदवारी प्रस्ताव शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा ज्येष्ठ सदस्यले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.