कान्ति लोकपथमा पहिरो

काठमाडौं- काठमाडौँदेखि हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिका–७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो ।

टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीय दीपक घिमिरेले बताउनुभयो । कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भइरहेको घिमिरेले जानकारी गराउनुभयो ।

यसैगरी पहिरो र वर्षाका कारण टीकाभैरवदेखि गिम्दीसम्म लगभग ७० किलोमिटर मुख्य सडक नै अवरुद्ध भएको छ । वाग्मती–३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नं ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भइरहेको अर्का यात्रुहरुले बताएका छन् ।

कान्ति लोकपथ राष्ट्रिय राजमार्गअन्तर्गत पर्छ । करिब ९० किमी सो सडकमध्ये ललितपुरतर्फ ३९ र मकवानपुरतर्फ ५१ किमी छ। सो सडकको मर्मतसम्भार, पर्खाल लगाउने र कालोपत्र गर्ने काम भने कतै समाप्त त कतै हुन बाँकी नै थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.