वीरगञ्जमा आज थप २ जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी

अस्पतालका चिकित्सकसहितका जनशक्ति कोरोनाबाट संक्रमित भएपछि उपचारमा कठिनाइ

पर्सा- वीरगञ्ज महामनगरपालिकामा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भईरहेको छ । वीरगञ्जमा आज थप २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टी भएको मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै गत साउन २० गते आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २० गते राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.