काठमाडौं उपत्यकामा १०६ जनालाई कोरोना, देशभर संक्रमित ४६४

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण गर्दा देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.