क्वारेन्टाइनमा रहेकी युवतीले आत्महत्या गरेपछि ढुंखर्कमा तनाव

काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेपछि ढुंखर्क तनावग्रत बनेको छ ।

बेथानचोक गाउँपालिका वडा न. ४, चलाल घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

क्वारेन्टाइनमा आत्महत्या गरेकी युवती गत शनिबार दुबईबाट नेपाल आएपछि उनलाई क्वारेन्टिनमा राखिएको थियो ।

उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको भन्दै स्वास्थ्य चौकीमा आक्रमण गरेका छन् ।

आफन्तहरुले बेथानचोक वडा नं. २ को बर्थिङ सेन्टरमा रहेको क्वारेन्टिन भवन लगायत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि हातपात गर्दै ढुंगामुढा गरेका छन् ।

आक्रमण नरोकिएपछि जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापा, इलाका प्रहरी बनेपाका प्रहरी निरीक्षक योगन्द्र तिमल्सिनाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको छ । मृतकका आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.