विराटनगरमा सङ्क्रमणबाट थप एकजनाको मृत्यु

मोरङ- विराटनगरमा एक सङ्क्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

विराटनगर-९ निवासी ती व्यक्ति एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताउनुभयो । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.