प्रधानमन्त्रीसहित सातै जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित कानून मन्त्री र सचिवालयका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्रीको सम्पर्कमा रहेकाले उहाँहरुको पीसीआर परीक्षण गरिएको थियो ।

शुक्रबार बिहान बालुवाटारबाट बिहान प्रधानमन्त्रीसहित, न्याय, कानून तथा संसदीय मामिला मन्त्री डा. शिवयमाया तुम्बाहाङफे, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।

शक्रबार साँझ नै सबैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा. पुष्प रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.