विश्वकै लामो झोलुङे पुलमा तीन महिनामै समस्या आयो

पर्वत- पर्वत र बागलुङ जोड्ने विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै हल्लिन थालेको छ ।

हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा टाई थप्ने भएको छ । कालीगण्डकी नदlमाथि निर्माण गरिएको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुल सर्वसाधरणको लागि खुला गरिएको केहि समय नहुँदै जीर्ण बनेको हो । पुलको क्षमता ६१२ जना अर्थात ८५ मेट्रिक टन छ । निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगर्दै अत्याधिक हल्लिने भएपछि पुनर्निर्माणको काम थालिएको छ ।

करिब १३० मिटर अग्लो झोलुङे पुल गत वैशाखमा नै निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.