देशव्यापी लकडाउन हुँदैनः उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित)

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशव्यापी लकडाउन नगर्ने स्पष्ट पार्नुभएको छ ।

नागरिक तहमा फेरि लकडाउन हुने आशंका भइरहेकाबेला उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरस संक्रमण बढी भएको स्थानमा मात्रै लकडाउन हुने जानकारी दिनुभयो । ‘पहिला पनि सेलेक्टिभ हुनुपर्ने थियो,’ उहाँले विगतको निर्णय समीक्षा भइरहेको बताउँदै भन्नुभो, ‘अब देशव्यापी लकडाउन हुँदैन ।’

पोखरेलले काठमाडौंमा भइरहेको अनियन्त्रित आगमनलाई रोक्दै थप कडाइ गर्न प्रशासनिक निर्णय गर्ने उल्लेख गर्नुभयो । उहाँले दैनिक १८ हजारको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.