रूपन्देहीमा कार दुर्घटनाः ३ जनाको मृत्यु, १ जना घाइते

रुपन्देही-परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गा.पा ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाईतेहरुलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा परि रुपन्देही ओमसतिया गा.पा. ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन । अन्य २ जनाको परिचय खुल्न बाँकि छ । घाईते रुपन्देही सिद्धार्थ न.पा. ४ का ३० बर्षिय अनिल यादव रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.