नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु, ३७८ जना नयाँ संक्रमित थपिए

विगत २४ घण्टामा ४९९ जना संक्रमणमुक्त

काठमाडौं- नेपालमा कोभिड १९ बाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ७४ वर्षीय पुरुष र मोरङका ५८ वर्षीय २ जना पुरुष र काठमाडौका ४१ वर्षीया महिला रहेका छन् । योसँगै कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

विगत २४ घण्टामा कोरोना भाइरसका ३ सय ७८ जना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितहरुको संख्या ६ हजार २ सय ६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा ४ सय ९९ जना संक्रमणमुक्त भएसँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ३ सय १३ पुगेको छ । हाल क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.