बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र सिल

बाँके- बाँके जिल्ला प्रशासन कार्यालयले पनि गएराति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ ।

समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएकोले स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।

नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको छ । सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिड्डुलमा समेत रोक लगाइएको छ ।

यसैगरी यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.