महोत्तरीमा नौ जना सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

महोत्तरी- महोत्तरीमा नौ जना सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

हिजो थपिएका सङ्क्रमितसंगै महोत्तरीमा संक्रमितको सङ्ख्या ८ सय ६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । यादवको सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा हिजो पाँच सर्वसाधारणमा पनि संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.