नारायणी उप-क्षेत्रीय अस्पताल तोडफोड ( भिडियोसहित )

अस्पताल क्षेत्र तनाव ग्रस्त

पर्सा- विरगञ्ज महानगरपालिका छपकैयाका स्थानीयले नारायणी उप–क्षेत्रीय अस्पताल तोडफोड गरेका छन् ।

उपचार नपाएरै दिनहूँ मानिस मर्ने क्रम बढ्दै गएपछि स्थानीयहरुले विरोध गर्दै अस्पतालमा समेत तोडफोड गरेका हुन ।

तोडफोडको क्रममा नारायणी उप–क्षेत्रीय अस्पतालमा रहेको अकस्मिक सेवा कक्ष, पीसीआर टेस्ट गर्ने ठाउँ र स्वास्थ्यकर्मीको बा १२ च ६९६६ नम्बरको गाडी क्षति भएको छ ।

स्थानीयले तोडफोड गरेको चिकित्सकको गाडी

त्यसैगरि, नारायणी उप–क्षेत्रीय अस्पताल को ड्युटी मा खटिएका चिकित्सक , सहायक स्वास्थ्यकर्मीलाई समेत स्थानीयहरुले कुटपिट गरी घाइते बनाएका छन् ।

अहिले नारायणी उप–क्षेत्रीय अस्पतालको स्थिति तनाव ग्रस्त रहेको छ । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।

विरगंजमा कोरोनाबाट प्रत्येक दिन उपचार नपाएर मानिसको मृत्यु हुन थालेपछि सबै संघ संस्थाहरुले आजदेखि निरन्तर विरोध गर्ने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.