सजिलो होला छायानाथ दर्शन गर्न ?

मुगु- विकास र प्रचार प्रसारको अभावमा सदियौदेखि ओझेलमा पर्दै आएको कर्णाली प्रदेशकै प्रमुख धार्मिक तिर्थस्थल मुगु जिल्लास्थित छायानाथको विस्तारै भौतिक पूर्वाधारको विकास हुन थाले पछि यसको चर्चा र महत्व फैलिन थालेको छ ।

समुन्द्र सतहदेखि ४ हजार ८ सय मिटरको उचाइमा अवस्थित छायानाथ तिर्थस्थल अरुबेला हिउँ जम्ने भएकाले जनै पुर्णिमाको अवसरमा श्रावण शुक्लपक्षको पञ्चमीदेखि पुर्णिमासम्म तिर्थालुहरु दर्शनका लागि आउने गर्छन ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका –२, चैन गाँउमा मुल मन्दिर र मुगुम कार्मारोङ्ग गाँउ पालिकामा –१, डोल्फुमा तिर्थस्थल भएका कारण दुवै स्थानीय तहको साझा सरोकार भएपनि कठिन भूगोल र विकट क्षेत्र भएका कारण विकासमापछि परेको स्थानीयको भनाइ छ ।

छायानाथमा यस बर्ष भने मुगुम कार्मारोङ्ग गाँउ पालिकाले अफ्ठेरो ठाँउमा बाटो निर्माणका साथै र भगवान शिव र बुध्दका प्रतिमा स्थापना गरेपछि छायानाथकोआकर्षण बढनुका साथै तिर्थालुहरुलार्इ सहज हुने भएको छ ।

छायानाथ रारा नगरपालिका प्रमुख हरीजंग शाहीले समेत यसै बर्ष १० किलोको शिव पार्वतीको पित्तलको ढलोट मुर्ति मन्दिर भित्र स्थापना गरेपछि छायानाथ साँच्चै छायानाथ बनेको छ ।

छायानाथको ठोस विकास गरी धार्मीक पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम लागु गर्न आफुहरु तल्लिन रहको दुर्इटै स्थानीय निकाय प्रमुखले बताउनु भएको छ ।

गमगढीदेखि छायानाथ पुग्ने पदमार्ग स्तर उन्नती गर्नुका साथै बाटामा सुविधायुक्त होटल र छायानाथमा व्यवस्थित धर्मशाला निर्माण गर्ने हो भने धार्मिक पर्यटकको आगमनले स्थानीयवासीलार्इ आय आर्जनको अवसर मिल्ने जानकारहरु बताउँछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.