भारतद्वारा भेन्टिलेटर सहयोग

काठमाडौं– भारतले नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको दश थान भेन्टिलेटर सहयोग गरेको छ ।

जंगी अड्डामा आइतबार आयोजित कार्यक्रमकाबीच भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

कोभिड- १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड १९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले भेन्टिलेटरहरु उपलब्ध गराइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.