पर्सामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ७५ जना संक्रमित

पर्सा- पर्सा जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित थप ७५ जना कोरोना संक्रमित फेला परेका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्टले थप ७५ जनामा संक्रमण देखाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ जना सुरक्षाकर्मी, नारायणी अस्पतालका तीन जना स्वाथ्यकर्मी सहित ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएका संक्रमित मध्ये ४० प्रतिशत भन्दाबढीमा उच्च ज्वरो तथा रुँघाखोकि रहेको चिकित्सकहरुले बताएका छन् । पर्सामा संक्रमितको सङ्ख्या १ हजार २ सय पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.