पानीको मूल्य निर्धारण, जारको ३५, बोतलको १६ रुपैयाँ

काठमाडौं– काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोकमा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले मूल्य समायोजन गरिएको जनाएको छ । उपत्यकाका विभिन्न २१ वटा पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो । मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अुनसार नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको प्रतिजारको मूल्यमा दश तथा प्रतिलिटर बोतलको पानीमा दुई रुपैयाँ घटाइएको छ ।

प्रशोधित पानी प्रतिजार कम्पनी मूल्य २० र बिक्री मूल्य ३५ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी प्रतिबोतल बिक्री मूल्य १६ तथा प्रतिप्याक बिक्री मूल्य १३५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.