गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीमा मंगलबार आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका बीच उहाँहरु बीच भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको दूतावासले जनाएको छ ।

उहाँले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको पारस्परिक हितका लागि व्यावहारिक सहकार्यलाई थप अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.