सभामुख अर्याल स्वदेश फिर्ता

काठमाडौं- तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल आज अपराह्न स्वदेश फर्कनुभएको छ ।
यही असोज १९देखि २३ गतेसम्म भएको महासभामा उहाँले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गर्नुभएको थियो ।
सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास तथा बजेटनिर्माणबारे पनि जानकारी लिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्