सुनसान कृष्ण मन्दिर

सुनसान पाटन दरबार क्षेत्र ।

ललितपुर- यस वर्ष कोरोनाको जोखिमका कारण ललितपुरस्थित कृष्ण मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएन । कृष्ण अष्टमीका दिन भिडभाड हुने यो क्षेत्र अहिले सुनसान छ ।

उता बाँके र बर्दियाका कृष्णमन्दिरमा पनि रथयात्रा एवं शोभायात्रा भएन । बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।

श्रीकृष्ण जन्माष्टमीमा सजिएका थारु महिला ।

बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर कोरोना सङ्क्रमणको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरुले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.