हिउँदेबाली भित्र्याउन रुकुम पूर्वका किसानलाई चटारो

रुकुम पूर्व- रुकुम पूर्वमा यो बर्ष हिउँदे बाली राम्रो भएको छ । असोज, कार्तिक महिनामा छरेको हिउँदे बाली यतिबेला घर भित्र्याउन सुरु भएको छ । हरेक वर्ष खडेरीले हिउँदे खेती प्रभावित भएपनि यसपटक राम्रो फलेकाले किसानहरु खुशी छन ।
जिल्लाका अधिकांश कृषक बर्खे खेतीमा निर्भर छन् भने तल्लो भुभागमा हिउँदे खेती गरिन्छ । चिसो हावापानीले ६-७ महिनामा बल्ल बाली पाक्ने गर्छ ।
किसानहरु हरेक वर्ष हिउँदमा बर्षाद नहुँदा चिन्तित देखिन्थे तर यसपटक भने बेला बेलामा पानी परेर उत्पादन राम्रो भएको हो । सिँचाइको सुविधा भएपनि आकाशेपानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको जौ, गहुँ, तोरी र मुसुरो जस्ता बाली यसपटक राम्रो भएको उनीहरु बताउँछन ।
मकैबाली भित्र्याएपछि खेतबारीमा लगाइएको हिउँदे बाली थन्क्याउन यतिखेर किसानलाई चटारो छ।
अघिल्ला वर्षमा तोरी, मुसुरो, केराउ, चना, गहुँ, जौको राम्रो उत्पादन नभएपछि अधिकांश खेतबारी बाँझै रहने गरेको थियो । तर यसपालि छरेको बालीमा पानी पर्दा बाली राम्रो भएको पुथा उत्तरगङ्गाका कृषक जुनकुमारी बुढामगर बताउनुहुन्छ ।
मौसमी सिँचाइ हुने क्षेत्रमा हिउँदको समयमा बाली उब्जनी नहुने र अधिकांश क्षेत्र बाँझै रहने गर्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.