एकै दिन ८ जनाको मृत्यु, उपत्यकामा १ सय ३९ जना संक्रमित

काठमाडौं– देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार दिएको जानकारीअनुसार ६ जना पुरुष र २ महिलाको मृत्यु भएको हो । धनुषाको जनकपुरका एक पुरुष र एक महिला, काठमाडौं– १२ मा महिला, सप्तरी डाक्नेश्वरीका पुरुष, मोरङ बुढीगंगाका पुरुष, कपिलवस्तुको तौलिहवाका पुरुष र बारा कलैयाका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नयाँ थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

यसैबीच उपत्यकामा १ सय ३९ जना संक्रमित भएका छन् । काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.