भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने संख्या ६४ हजार ५५३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल सङ्क्रमित मध्येको २६.८८ प्रतिशत हो । सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । ती मध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो । यो संख्या एकैदिनमा परीक्षण गरिएकाहरुको संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.