यूरोपमा कोरोना भाइरसका नयाँ संक्रमितहरूको संख्या फेरी बढ्यो

काठमाडौं- यूरोपेली देशहरूमा पछिल्लो समय कोरोनाभाइरसका नयाँ संक्रमितहरूको संख्यामा उच्च वृद्धि भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा थप चार हजार ७ सय ७१ नयाँ संक्रमितहररू फेला परेका छन् । त्यहाँ मे महिनायता पहिलो पटक ४ हजारभन्दा बढी दैनिक संक्रमितहरू फेला परेका हुन् ।

अगस्ट १५ यता फ्रान्समा संक्रमितहरूको संख्या बढ्दो क्रममा रहेको छ । यस्तै स्पेन, जर्मनी र ईटलीमा पनि मे पहिलो साताको तुलनामा संक्रमितहरू संख्यामा वृद्धि भएको छ ।

स्पेनमा भेटिएका नयाँ संक्रमितहरूमध्ये अधिकांश युवा रहेका छन् भने जर्मनीमा सामाजिक दूरी पालना नगरेर संक्रमित हुन पुगेका वा विदेशमा फर्किएकाहरु रहेका छन् ।

हाल यूरोपेली देशहरुमध्ये सबैभन्दा धेरै मृत्युदर भएको बेलायतमा गत २४ घण्टामा थप १ हजार १८२ नयाँ संक्रमितहरू फेला परेका छन् । कोरोनाभाइरसका कारण सबैभन्दा तेस्रो बढी प्रभावित मुलुक भारतमा भने पछिल्लो २४ घण्टामा थप ९८१ ले ज्यान गुमाए भने ६८ हजार ५०७ नयाँ संक्रमितहरू फेला परेपछि संक्रमितको संख्या २१ लाख ५७ हजार ९४१ पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.