खल्तीबाट पिइएको शुल्क तिर्न सकिने

काठमाडौं- इन्जिनियरिङको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ ।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन् ।
पिइए एसोसिएसनले इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको छ ।

खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

खल्ती का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.