भारतमा एकैदिन ७६ हजार सङ्क्रमित

नयाँदिल्ली– भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै करिब ७६ हजार सङ्क्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यसैबीच विश्वमा कोरोना भाइरसबाट करिव २ करोड ४४ लाख जना संक्रमित भएका छन् । ८ लाख ३० हजार बढीको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ४२ हजार बढी नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा पनि बिगत २४ घन्टामा ४८ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्