सिड्नीको जिमखानाबाट संक्रमण फैलिएको आशंकामा जनस्वास्थ्यसम्बन्धी नयाँ चेतावनी जारी

काठमाडौं- अष्ट्रेलियाली शहर सिड्नीमा जिम तथा फिटनेश क्लबहरूबाट सामूहिक रुपमा कोरोनाभाइरसको संक्रमण फैलिएको ठानिएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनस्वास्थ्यसम्बन्धी नयाँ चेतावनी जारी गरेका छन् ।

कैयौँ नयाँ संक्रमितहरूको सम्बन्ध ती जिम तथा क्लबहरूसँग रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सिड्नीमा बुधबारयता ११ नयाँ संक्रमितहरू फेला परेका छन् र यो संख्या बढ्न सक्ने आशंका व्यक्त गरिएको छ ।

अष्ट्रेलियाकै भिक्टोरिया राज्यमा भने बिहीबार जुलाई ५ यताकै सबैभन्दा कम दैनिक संक्रमितहरू फेला परेपछि सो राज्यका प्रमुख ड्यानिएल एन्ड्रुजले संक्रमणको दर घट्दै गएको हुनसक्ने र हाल लागू गरिएका कडा प्रतिबन्धहरू आगामी महिना फुकुवा गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा धेरै संक्रमितहरू थपिएका छन् । त्यहाँ ७६ हजार ८ सय २६ जना संक्रमित थपिदाँ कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगेको छ ।

विश्वकै सबैभन्दा तेस्रो प्रभावित भारतमा मृतकको संख्या भने ६१ हजार ६९४ पुगेको छ । त्यस्तै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा गत २४ घण्टामा ४५ हजार ६९५ संक्रमित थपिए भने थप १ हजार १२४ को ज्यान गयो ।

दोस्रो बढी मुलुक ब्राजिलमा ४२ हजार ४८९ ‍संक्रमित थपिए भने ९७० को ज्यान गयो । विश्वभर हालसम्म कोरोनाभाइरसका कारण २ करोड ४६ लाख ५ हजार २२७ को संक्रमित भएका छन् भने ८ लाख ३४ हजार ७७१ जनाको ज्यान गएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.