सुनकोशी गाउँपालिकास्थित सुनडाँडाबाट खसेको पहिरोले चार वटा घर पुर्‍यो

पहिरोले घरमा रहेको अन्नपातका साथै हजारौं रोपनी जमिनमा क्षति

सिन्धुपाल्चोक- उच्च जोखिम भनिएको सुनकोसी गाउँपालिका वडा नम्बर ६ को सुनडाँडाबाट खसेको पहिरोले चार वटा घर पुरेको छ ।

उक्त क्षेत्रमा गएराती १० बजेबाट पहिरो खस्न शुरु गरेको थियो । पहिरो आज विहान सम्म पनि निरन्तर झरीरहेको थियो । पहिरोले घरमा रहेको अन्न पात पुरेको छ भने हजारौं रोपनी जमिन क्षती गराएको छ ।

केहि दिन देखि मानिसहरु अन्यत्र बस्दै आएकाले मानविय क्षति नभए पनि अन्न पात र पशु चौपायाहरु भने पहिरोमा परेको स्थानीय रेशम बोहोराले जानकारी दिनु भएको छ ।

प्रहरी घटना स्थल पुगेर क्षतिको बिवरण संकलन गरीरहेको छ । पिडितहरुकालागी प्रदेश सरकारले आवस्यक सबै व्यवस्थापन मिलाउने घटना स्थाल पुग्नु भएका बाग्मती प्रदेशका अर्थ तथा बिकास समितिका सभापति सुरेश नेपालले बताउनु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.