गगनले यो देशको नेतृत्व गर्न सक्नुहुन्छ, मलाई विश्वास छ : रेशम चौधरी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्नुहुने आफूलाई विश्वास रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गर्नुभएका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो।
‘गगनले यो देशको नेतृत्व गर्न सक्नुहुन्छ, मलाई विश्वास छ,’ उहाँले भन्नुभयो, ‘जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्नुभयो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नुहुनेछ।’
चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कांग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताउनुभयो।
उहाँले संविधानमा थारूलगायत समुदायका अधिकार लेखिए पनि व्यवहारमा अधिकार नदिइएको गुनासोसमेत गर्नुभयो। ‘संविधानमा अधिकार लेखियो, तर दिइएन। पहिचानसँग साटफेर गर्न पाइँदैन,’ उहाँले भन्नुभयो।






प्रतिक्रिया राख्नुहोस्