रगतको अभाव चुलिँदै, मापदण्ड पालना गरेर रक्तदान गर्न सरकारको अनुरोध

काठमाडौं– कोभिड १९को संक्रमणका कारण मुलक लामो समय बन्दाबन्दीमा गयो । ४ महिनापछि खुलेको बन्दाबन्दी पछि हाल निषेधाज्ञा जारी भएको छ। मानिसको चलहपहलमा नियन्त्रण भएपनि नियमित रुपमा विरामीको लागि आवश्यक रगत कमी हुदै गएको छ भने जनस्वास्थ्यको मापदण्ड पालना गरेर रक्तदान गर्न गराउन सम्बन्धित पक्षसँग सरकारले अनुरोध गरेको छ।

पछिल्लो समय देशमा विभिन्न रोगका विरामीलाई आवश्यक रगत कमी भएपछि सरकारले स्वास्थ्य मापदण्डको पालना गरेर रक्तदान गर्न र गराउन सबै पक्षसँग अनुरोध गरेको हो। सरकारले अनुरोध गरेसँगै विभिन्न संघ संस्थालको समन्वयमा रक्तदान अभियानहरु सुरु भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको भोलि पल्ट नै काडमाडौंको घट्टेकुलोमा जनस्वास्थ्यको मापदण्ड पालना गरी रक्तदान कार्यक्रम आयोजना भयो। त्यसै गरी लायन्स कल्व अफ बल्ड सर्कल काठमाडौंले पनि बसन्तपुरमा रक्तदान कार्यक्रम गर्‍यो ।

बल्ड डोनेशन एसोसीयसन का काठमाडौं जिल्लाका सचिव अनिल तुलाधरले देशमा रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर मापदण्ड पालना सहित रक्तदान आयोजना गरिएको बताउनु भयो। उहाँले लायन्स कल्व अफ बल्ड सर्कल काठमाडौंले जो सुकैले खवर गरेको अवस्थामा घरघरमा नै पुगेर रक्त सङ्कलन गर्ने गरी तयारी गरिएको र अभियानका रुपमा ठाउँ ठाउँमा पुगेर रक्त सङकलन गर्दै आएको जानकारी दिनु भयो ।

सामान्य स्वास्थ्य अवस्था रहेको मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सकिन्छ । रक्तदान जिवनदान भन्ने मान्यता मात्रै रहेको छैन रक्तदानका कारण कयौ मानिसको जिवन बचाउन सकिने चिकित्सकहरुको भनाई छ । तसर्थ मुलक कोभिड१९ संक्रमणको महामारीसँग जुधिरहेको समयमा स्वस्थ्य मानिसको रगतबाट सुत्केरी क्यान्सर मृगौलाका विरामीको ज्यान बचाउन सकिन्छ भने कोभिड १९ संक्रमण मुक्त भएका मानिसको रक्तदानबाट प्लाज्मा दिएर संक्रमण मुक्त गर्न सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.